संसदमा एमाले सांसद नाराबाजी गरिरहँदा आज के गर्दै थिए ओली



शुक्रबार बसेको संसद बैठकमा एमालेले सांसदले वेलमा नाराबाजी गरिरहँदा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने चुपचाप कुर्सीमा बसेका छन् ।

सभामुखले माधव नेपालसहित १४ सांसदलाई पार्टीले गरेको कारवाही सदर नगरेको विरोधमा एमालेका सांसदले वेल घेरेर नाराबाजी गरिरहदा अध्यक्ष ओली भने बैठकमा शुरूको केही समय उठेका ओली त्यसपछि आफ्नो कुर्सीमा बसेका थिए । सामान्यतया ओली आफ्नो स्वास्थ्यप्रति निकै सचेत रहने गर्छन् ।

एमाले विभाजनअघि पार्टीले माधव नेपालसहितका १४ सांसदलाई कारवाही गरेको पत्र संसद् सचिवालयमा पठाएको थियो ।

उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।

२३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ ।

अहिले सभामुख सापकोटाले १५ मिनेटको लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार  १ : ४४ बजे