कांग्रेसले सबै अधिवेशन फेरि सार्यो, कुन अधिवेशन कहिले ?



नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । कांग्रेसले एकैपटक असोज ९ गते देशभर सबै पालिकामा अधिवेशन गर्ने गरि कार्यतालिका हेरफेर गरेको हो ।

प्रदेशसभा निर्वाचन क्षेत्रमा १२ गते हुने भएको छ भने १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुने छ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा १५ गते नै जिल्ला अधिवेशन सम्पन्न हुने छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा भने १८ गते जिल्ला अधिवेशन हुने कार्यतालिकामा उल्लेख छ ।

निर्वाचन समितिका संयोजक महादेव यादवका अनुसार प्रदेश महाधिवेशन र केन्द्रीय महाधिवेशन भने यथावत राखिएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०७८ शुक्रबार  ६ : ३९ बजे