प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि आइतबार बसेको प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक मंगलबार दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गरेका हुन्।
आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।
त्यसपछि फेरि बैठक सुरु भएपनि एमालेको अवरोध कायमै रहेपछि बैठक भदौ २९ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको हो।










