सहमति कार्यान्वयन नभए एमालेमा बस्नुको अर्थ के : भीम रावल



नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले २०७५ जेठ २ मा फर्काउन अध्यक्ष केपी शर्मा ओली तयार नभए अब अर्कै सोच्नुपर्ने बताएका छन्।

आइतवार आफूनिकट नेताहरुसँग उपाध्यक्ष रावलले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन नहुने भने आफूहरु एमालेमा बसिरहन कठिन हुने बताएका हुन् ।

दश बुँदे सहमति अनुसार पार्टीलाई को अवस्थामा फरक ढंगले सोच्ने अवस्था आउने कुरा रावलले राखेका हुन्। पार्टीलाई जेठ २ मा लगेपछि आफू सुदूरपश्चिम इन्चार्जमा पुनस्स्थापित हुनुपर्ने अडान लिएका हुन्।

रावलले सुदूरपश्चिमबाट आफूनिकट नेताहरु भानुभक्त जोशी र झपट रावलसहितसँग छलफल गरेका थिए। छलफलका क्रममा दश बुँदै कुनै हालतमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै त्यसो हुन नसकेमा पार्टीमा फेरि समस्या आउने पनि उल्लेख गरेका छन्।

छलफलका क्रममा रावलले एमाले एक दुईजनाको जोड बल र त्यागले नबनेको बताउँदै यसलाई बचाएर अघि बढाउन इमान्दारपूर्वक १० बुँदे कार्यान्वयनको विकल्प नरहेको पनि बताएका थिए।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २०८८ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुअघिसम्म रावल सुदूरपश्चिम संयोजकको भूमिका थिए। तर २०७५ जेठ २ अघि उनी एमाले उपाध्यक्ष र सुदूरपश्चिम इन्चार्जको भूमिका थिए।

अहिले उनले आफू २०७५ जेठ २ अघिको अवस्थामा इन्चार्ज कायम हुनुपर्ने बताएका हुन्। तर पुस ५ पछि नेकपामा देखिएको विवादका कारण अध्यक्ष ओली माओवादीबाट आएका लेखराज भट्टलाई इन्चार्ज बनाइदिएका थिए।

प्रकाशित मिति : भदौ २८, २०७८ सोमबार  ३ : ५० बजे