एमसीसी कुनै हालतमा लागु हुन दिँदैनौँ : विप्लव



नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी परियोजना (एमसीसी) लागु भए नेपालमा अमेरिकी साम्राज्यवादले कब्जा जमाउने बताएका छन् । सोमबार काठमाडौंको खुलामञ्चमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै एमसीसी कुनै पनि हालतमा लागु हुन नदिने बताएका हुन्।

‘एमसीसी आइहाल्यो भने के हुन्छ ? अमेरिकाले नेपालमा अखडा जमाउँछ। तीव्र गतिमा प्रगति गरिरहेको चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन्छु, उनले भने, ‘हाम्रा विकास पूर्वाधार हामी नै सुरक्षा गर्न सक्छौँ। त्यसका लागि अमेरिकी सेना चाहिँदैन। हामी आउन पनि दिँदैनौँ।’

उनले देशको माया हुने हरेक मान्छे एमसीसीविरुद्ध उत्रिनुपर्ने बताए। ‘देशको माया हुने हरेक मान्छे एमसीसीविरुद्ध ओर्लिनुस्। हामीले आजैको दिनबाट हाम्रो टाउकोमाथि थुपार्न खोजिएको दबाब र हस्तक्षेपविरुद्ध लड्नुपर्छ’, उनले भने, ‘तपाईंहरु देश रोज्नु हुन्छ कि एमसीसी ? डलर चाहियो कि धर्ती चाहियो ? स्वाभिमान चाहियो कि अमेरिकाको गुलामी चाहियो ?’

प्रकाशित मिति : भदौ २८, २०७८ सोमबार  ४ : ३२ बजे