नयाँ समाजवादी पार्टी आयोगमा दर्ता, कसले गर्यो नयाँ दल दर्ता



नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले उक्त पार्टीलाई राजनीतिक दल दर्ताको प्रमाणपत्र समेत दिएको छ ।

आयोगले उक्त दललाई भदौ २८ गतेको निर्णयअनुसार दल दर्ताको प्रमाणपत्र दिएको हो । उक्त पार्टीको आयोगमा दर्ता नम्बर १७० रहेको छ ।

उक्त पार्टीको निर्वाचन चिन्ह कार रहेको आयोगले जनाएको छ । सो दलको केन्द्रीय कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ रहेको उल्लेख छ ।

प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार  ४ : २४ बजे