अन्तररास्ट्रिय बाल दिवसको अवसर पारेर गायक तथा संगीतकार श्री खत्रीले यस्तै प्रयोगात्मक भिडियो सार्वजनिक गरेका छन्। ‘जादैछु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक एनिमेटेड भिडियोले बाल श्रम र सडक बाल बालिकाको कथा बोल्छ।
प्रतिक बास्तोला र सुगम थापाले गिटारको काम सम्हालेका छन्। बाल दिवसको अवसर पारेर गीतको फुल भिडियो सार्वजनिक गरिने निर्माण टिमले जानकारी गराएको छ। सार्वजनिक गीतमा विप्लब प्रतिकको शब्द रचना रहेको छ। एनिमेसन भिडियो थे ओने व्हो अनिमतेस्(बिबिन मानन्धर) ले तयार पारेका हुन्। लिफर्स म्युजिक ब्याण्डको गीत आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।










