यस्तो बनायो एमालेले विधान महाधिवेशन लोगो



काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशन लागि लोगो सार्वजनिक गरेको छ । एमालेले यही असोज १५ गतेदेखि १७ गतेसम्म हुने पार्टीको विधान महाधिवेशन लागि लोगो सार्वजनिक गरेको हो ।

ललितपुरको गोदावरीमा चल्ले महाधिवेशनका लागि देशभरबाट पार्टीमा विभिन्न पद एवं विभागमा रहेकाबाहेक ३ हजार बढीले भाग लिने पार्टीका सचिव एवं प्रचार विभाग योगेश भट्टराईले जानकारी दिएका छन् ।

यी हुन् एमाले विधान महाधिवेशनमा भाग लिने पाउनेहरु

–केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका पदाधिकारी सदस्य, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय विभागबाट सचिवलगायत १५ जना ।

–प्रदेश कमिटी र सोसरह मान्यता पाएका पदाधिकारी तथा सदस्यहरू ।

–जिल्ला कमिटी तथा जिल्ला कमिटीसरह मान्यता पाएका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू ।

–प्रत्येक जिल्लाको निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी एक जना सदस्य र एक जना महिला सदस्य । जिल्लाको प्रतिनिधित्व हुने गरी कम्तीका पनि एक जना दलित सदस्य।

–पार्टीका घोषित जनवर्गीय संगठनको केन्द्रीय पदाधिकारीमध्येबाट १० जनाको दरले भाग लिने पाउनेछन् ।

–पार्टी सदस्य रहेका प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्य प्रदेश सभाका सदस्य, जिल्ला समन्वयन समितिका प्रमुख र उपप्रमुख महानगरपालिका उपमहानगरपालिकारनगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलगायत ।

प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार  १ : ४५ बजे