नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पापी मन भएको बताएका छन् ।
बुधबार एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुटवलमा सम्बोधन गर्दै नेता रायमाझीले एमाले र माओवादी केन्द्रबीच एकता हुँदा प्रचण्डले पापी मन राखेर एकता गरेको आरोप लगाएका हुन् ।
उनेले सत्ता गठबन्धनलाई असफल नेताहरुको महागठबन्धन भन्दै त्यसलाई एमालेले असफल पारेर फेरि सत्ताको नेतृत्वमा पुग्ने दाबी गर्दै एमालेविरुद्ध असफल नेताहरुको गठबन्धनले घेराबन्दी गर्ने कोशिश गरेको बताएका छन् ।
‘विगतमा असफल भएका नेताहरुको महागठबन्धनले एमालेविरुद्ध घेराबन्दी गर्ने चेष्टा गरेको छ । तर एमालेले त्यो घेराबन्दीलाई असफल पार्ने र फेरि सत्ताको नेतृत्वमा पुग्छ ।’
माओवादी केन्द्र कांग्रेसको पुच्छर बनेको भन्दै उनले कांग्रेसको नेतृत्वमा देशमा समृद्धि नआउने जिकिर गरे ।








