एमाले घाइते भएको छ, समीक्षा हुनुपर्छ : घनश्याम भुसाल



नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले घाइते भएको बताएका छन् । बुधबार एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुटवलमा सम्बोधन गर्दै नेता भुसालले पार्टी विभाजनका कारण पछारिएर घाइते भए पनि एमाले अहिले पनि सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको बताएका हुन् ।

‘हामी पछारिएका छौं, घाइते भएका छौ । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं ।’

२०७४ सालको चुनावमा पार्टीको वर्चस्व फेरि फर्काउने उनले दाबी गरे । चुनावमा जसरी पनि जित हासिल गर्ने उद्देश्य राख्ने परिपाटी मुख्य समस्या रहेको भन्दै भुसालले यही कारण दलाल पूँजीवाद हाबी हुँदै गएको टिप्पणी गरे ।

उनले पार्टीभित्र र बाहिर दलाल पूँजीवादविरुद्ध लड्नुपर्ने खाँचो रहेको बताए । पार्टी विभाजनका विषयमा समीक्षा हुनुपर्ने भुसालले बताए ।

प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार  ३ : ५२ बजे