नेपालको पार्टीमा जानुभन्दा कांग्रेसलाई सोझै सहयोग गर्न जाँदा उत्तम होला : विष्णु पौडेल



नेकपा एमालेका नेता विष्णु पौडेलले माधव नेपालको पार्टीमा जानुभन्दा कांग्रेसलाई सोझै सहयोग गर्न जाँदा उत्तम हुने बताएका छन् । बुटवलमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले नेता नेपाल नेपाली कांग्रेसको चरणमा परेको बताएका हुन्।

‘केही मानिसहरुमा भ्रममा होलान्। माधव नेपालमार्फत कांग्रेसको सेवा गर्न जरुरी छैन। बरु त्यसका लागि सोझै नेपाली कांग्रेसलाई सहयोग गर्ने बाटा छन्। त्यो बेग्लै कुरा हो। तर माधव नेपालको झुण्डले जुन गतिविधि गरेको छ त्यो सैह्य छैन,’ उनले भने। उनले वामपन्थी शक्ति निर्माण गर्ने भनेर नेता नेपालले दोधारे चरित्र देखाएको आरोप लगाए।

नेकपा एमालेको अध्यक्ष ओलीलाई तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा हुँदा अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी कब्जा गरेर हटाउन खोजेको बताए।

भने, ‘अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गरिको थियो। यसरी एमाले कब्जा गर्ने खोज्ने। एमालेलाई कमजोर पार्ने प्रयास भएको हो। प्रचण्डको नेतृत्व कमजोर भए पनि पार्टी एकता जोगाउने कोसिस गरेका थियौँ।’

प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार  ३ : ५८ बजे