अरु पार्टीले मुलुकको विकास गर्न सक्दैनन् : अध्यक्ष ओली



एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा विकास गर्न कम्युनिष्टले मात्रै सक्ने बताएका छन् । बुटवलमा आयोजित भेलामा बुधबार सम्बोधन गर्दै ओलीले केही वर्षदेखिको अवस्थालाई हेर्दा अरु पार्टीबाट मुलुकमा विकास गर्न सम्भव नभएको बताएका हुन् ।

‘हामीले समृद्ध नेपाल सुखी नेपाली नारा अगाडि सारेका छौं, यो लक्ष्य कम्युनिष्ट नेतृत्वबिना पूरा हुन सक्दैन । कम्युनिस्टले मात्रै तीव्र विकास र यो देशलाई अगाडि बढाउन सम्भव छ,’ ओलीले भने ।

सार्वभौमसत्ता, भूमि जोगाउन, भौगोलिक अखण्डता राख्ने, गर्वका साथ कुनै पनि देशसँग बराबरी हैसियत राख्ने विषयमा कम्युनिष्टले मात्रै गर्न सक्ने ओलीको भनाइ छ । बसेरै सम्बोधन गरेका ओलीले कांग्रेसलगायत दलले भारतले नाकाबन्दी लगाउँदासमेत बोल्न नसकेको टिप्पणी गरे ।

 

प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार  ४ : ४१ बजे