ओलीलाई अष्टलक्ष्मी शाक्यको आग्रह : जालझेल हुदैन, २ जेठमा फर्कने सहमति गरौ



नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेमा जालझेल नहुने बताएकी छन् । बिहीबार काठमाडौँमाएक कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई जालझेल नगरी अन्तरपार्टी निर्देशन पालना गर्न आग्रह गरेकी हुन् ।

उनले सहमति अनुसार २०७५ जेठ २ मा फर्किएर अघि बढ्न आग्रह गरेकी छन्। उनले भनिन्, ‘हिजो छाती कमजोर थियो। आज छाती बलियो बनाउनुपर्छ। अन्तरपार्टी निर्देशन अक्षरशः पालना गर्नुपर्छ।’

शाक्यले नेकपा विभाजनपछि लामो समय एमाले हुन नसके भन्दै एमालेभन्दा बाहिरै बस्नुपरेको गुनासो सुनाइन् ।

‘मेरो जिन्दगीमा त्यो बेला सबभन्दा पीडाको समय भयो । म रातभरि सुत्न सकिँन । किन हामी मिल्न सकेनौ रु भन्ने कुरा मनमा खेल्यो । तर ०७८ जेठ १ मा खुसी भएँ । एमाले विवाद मिलाउन कार्यदल बन्यो र त्यसले प्रस्ताव अघि ल्यायो अनि बल्ल आफ्नै घरभित्र पस्न पाउनेभयौ भनेर खुसी भएँ’, शाक्यले पीडा पोखिन् उनले एमाले पार्टी बनाउन आफु र आफुजस्तै हजारौंको त्याग र समर्पण रहेकाले पछिल्लो पटक एमाले हुन पाउँदा आफूलाईजस्तै अरुलाई पनि खुसी लागेको महशुस भएको बताइन् ।

उनले टुटफुट र जुटबाट गुज्रँदै यहाँ आएको एमालेको आजको आवश्यक्ता भनेको ‘सुदृढ नेकपा एमाले’ भन्दै यसलाई बलियो र विचार युक्त बनाउन विचारबाट विचलित हुन नहुने बताइन् । उनले अबदेखि प्यानलगत चुनाव गर्न सके सुदृढ एमाले बनाउन सकिने दावी समेत गरिन् । उनले पार्टीमा विगतमा विचार शुन्य भएकाले गुटबन्दी मौलाएको भन्दै विचारको छलफल र प्रशिक्षण आवश्यक्ता रहेकाले विगतका गल्तीको निर्मम समिक्षा गर्न जरुरी रहेको बताइन् । ‘किन यस्तो भयो भनेर हामीले अत्यन्तै निर्मम समिक्षा गर्नैपर्छ, जनमतलाई कदर गर्नैपर्छ’, शाक्यको भनाइ छ ।

भेलामा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, इन्चार्ज रामबहादुर थापा बादललगायत सहभागि छन्।

प्रकाशित मिति : भदौ ३१, २०७८ बिहिबार  २ : ०६ बजे