नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापाले एमाले नेपाली जनताको पार्टी भएको बताएका छन्।
बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशको इञ्चार्जसमेत रहेका नेता थापाले एमाले जनता र श्रमजीवीको पार्टी पार्टी भएको भन्दै यसमा सबै जनताहरूको अग्रसरता हुने बताए।‘नेकपा एमाले, नेपाली सर्वहाराहरूको पार्टी हो, सारथी हो। श्रमजीवीको पार्टी हो,’ थापाले भने।
नेकपा एमालेको संगठन संरचना २०७५ जेठ २ मा फर्किएको बताइए पनि एमालेका अधिकांश कार्यक्रममा त्यसको ‘कार्यान्वयन’ नभएको पाइन्छ। एमाले बागमती प्रदेशको संयोजकमा अष्टलक्ष्मी शाक्य नै रहेकी छन्।
पार्टी भित्र भएको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनलाई लैजाने भनिए पनि त्यसको पूर्ण पालना भने भएको छैन।








