मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं १ को अधिवेशन आह्वान



प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ ।संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गरेका हुन ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम(१) बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ५ : १८ बजे