नेपाली कांग्रेसले यस अघी प्रकासित गरेको महाधिबेशन कार्यतालिका फेरी प्रभाबित हुने भएको छ ।कांग्रेसले नयाँ कार्यतालिका अनुसार गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन तोकेको भएपनी अझै १३ जिल्लाको क्रीयासिल सदस्यता टुङ्गो लाग्न बाकी रहेकाले कार्यतालिका प्रभाबित हुने भएको हो ।
१३ जिल्लाको क्रीयासिल सदस्यता निर्बाचन समितिमा आइनपुगेको निर्बाचन समितिका संयोजक माहादेब यादबले जानकारी दिए ।उनका अनुसार प्रदेश २ का सबै जिल्लाको ,त्यसैगरी डोल्पा रसुवा,बाके,रुपन्देही लगायत १३ जिल्लाको सदस्यता सुची निर्बाचन समितिमा आइपुग्न बाकी छ ।
नेता कृष्ण सिटौला नेतृत्वको समितिले बाकी १३ जिल्लाको जिल्लाको क्रीयासिल सदस्यता सुची आइतबारसम्ममा निर्बाचन समितिलाई दिने जानकारी गराएको पनि संयोजक यादबले बताए ।न्यू सञ्चारसग कुरा गर्दै उनले भने “बाकी १३ जिल्लाको क्रीयासिल सदस्यता आइतबारसम्म निर्बाचन समितिलाई दिने कुरा भएको छ,आइतबार सदस्यता प्राप्त भएपनी ति जिल्लामा भदौ ५ गते वडा अधिबेशन गराउन असम्भब जस्तै छ ।”
बाकी जिल्लाको पनि सदस्यता पाएपछी ति जिल्लाहरुको पनि क्रीयासिल सदस्यता बिबरण पार्टिको वेब साइटमा सार्बजनिक गरिने र वडा अधिबेशनको काम अघी बढ्ने पनि उनले जानकारी गराए ।
यसअघी क्रीयासिल सदस्यताकै कारण पहिलो चरणमा वडा अधिबेशन नभएका केहि जिल्लाको भने भदौ ५ गतेनै वडा अधिबेशन हुने भएको छ ।ति जिल्लाहरुमा निर्बाचन समितिले जिल्ला निर्बाचन अधिकृत समेत तोकिसकेको छ ।अधिवेशन हुन बाँकी २० मध्ये काठमाडौंसहित मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा निर्वाचन अधिकृत तोकिएको छ ।
काठमाडौं जिल्लामा वरिष्ठ अधिवक्ता नरहरि आचार्य, मोरङमा केदार कार्की, काभ्रेपलाञ्चोकमा राजेन्द्र लामिछाने, सिन्धुपाल्चोकमा छविरमण निरौला, तथा बर्दियामा लोकबहादुर शाह र कपिलवस्तुमा घनश्याम पन्तले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् ।
नेपाली कांग्रेसले बकी रहेका जिल्लाको वडा अधिबेशन भदौ ५ गते त्यस्तै देशैभरिका गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने नयाँ कार्यतालिका सार्बजनिक गरी सकेको छ ।
त्यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ।महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनेछ।








