सुदूरपश्चिममा नेकपा समाजबादिका दुई मन्त्रीले गरे सपथग्रहण



सुदूर पश्चिम प्रदेश सरकारका नेकपा एकीकृत समाजवादीका नवनियुक्त दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् ।प्रदेश प्रमुख गङ्गा प्रसाद यादवले शुक्रबार साँझ अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

भदौ २२ मा आर्थिक मामिला तथा योजना मन्त्री बाट प्रकाशबहादुर शाहले र अर्थ राज्यमन्त्रीबाट अर्चना गहतराजले राजिनामा दिएपछि शुक्रबार नै दुई जनालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : आश्विन १, २०७८ शुक्रबार  ७ : ०६ बजे