ललितानिवास प्रकरणबारे गच्छदारले भने – झुटो मुद्दा लगाएर राजनीतिक प्रतिशोध साँध्ने काम भयो



कांग्रेस उपसभापति विजयकुमार गच्छदारले ललितानिवास जग्गा प्रकरणमा प्रतिशोध साँध्नका लागि मुद्दा चलाइएको बताएका छना ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन ।

‘सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार उक्त फायल अघि बढेको हो र आफूले टिप्पणी मात्र पेस गरेको हो, त्यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो’, पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘व्यक्तिगत रूपमा लाभ लिने वा सरकारलाई हानी पुर्‍याउने उद्देश्य मेरो नभएकोले सरकारको गुरुयोजना पेस गर्नु भ्रष्टाचार हुनै सक्दैन ।’

उनले झुटो मुद्दा लगाएर राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भएको दाबी गरे । ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने उद्देश्यका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागेको आरोप पनि उनले लगाए ।

उनले आफूविरुद्ध तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले षड्यन्त्र गरेको पनि आरोप लगाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भए पनि सरकारको छायाँको रुपमा काम गरर्दा निष्पक्ष र स्वतन्त्र हुन नसकेको नेता गच्छदारले बताए ।

प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार  २ : ५६ बजे