प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ कार्यसूची



प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।आजको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।

यस अघिको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को विरोधका विच विनियोजन विधेयक, २०७८ पारीत गरिसकेको छ ।बैठकमा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । आफ्नो माग संबोधन नभएसम्म विरोध जारी राख्ने एमालेले जनाएको छ ।

 

प्रकाशित मिति : आश्विन ७, २०७८ बिहिबार  ९ : ५५ बजे