नेकपा (एकीकृत समाजवादी) को महासचिवमा बेदुराम भुसाल नियुक्त हुने सहमती भएको छ ।
बिहीबार बिहान बसेको उक्त दलको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको उक्त दल निकट श्रोतले पुष्टी गरेको छ ।
श्रोतका अनुसार भुसाललाई महासचिव बनाउने प्रस्ताव आजको केन्द्रीय कमिटीमा लैजाने र आजको केन्द्रीय कमिटी बैठकले भुसाललाई महासचिवमा चयन गर्नेछ








