नेकपा एमालेको केन्द्रीय समितिको बैठक भोली र पर्सीको लागि तय भएको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बिहान ११ बजे बस्ने बैठक मा बिधान महाधिबेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताब, बिधान संशोधन प्रस्ताब माथी छलफल गरी पारित गरिने कार्यलय सचिव शेरबहादुर तामाङ्गले जानकारी दिनुभयो ।
यसअघि तीनै दस्ताबेजमाथि एमाले स्थायी कमिटी बैठकमा छलफल भएको थियो। स्थायी कमिटी बैठकले तीनै दस्तावेजलाई केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो।
एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म काठमाडौंमा हुने तय गरिएको छ। यसअघि साउनमा तय गरिएको विधान महाधिवेशन सरेको थियो।








