नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ।
प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको थियो। १० वटै समूहबाट टोली नेता चयन भएपनि उक्त टोलीमा माधव नेपालको साथ छोडेर आएका कोही पनि नेता परेनन्।
प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल,गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले चयन भएका छन्।
उनीहरूले छलफलको निष्कर्ष सुनाउने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
समूहगत छ्लफलको सुझावपछि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने छन्। केन्द्रीय कमिटी अझै सुरु हुन सकेको छैन।








