दैलेख जिल्लामा संस्थापन पक्ष हावि भएको छ । जिल्लाको एघार स्थानीय तहमध्ये पाँच वटा पालिकाको निर्वाचन परिणाम सार्वजनिक परिणामले देउवा पक्ष हावी हुने देखिएको छ ।
नारायण नगरपालिकामा विजयी बनेका देउवा समूहका मनोज थापाले पौडेल समूहका सुवास थापालाई पराजित गरेका हुन । नौमुले गाउँपालिकामा गंगबहादुर शाहीले वाजी मारेका छन् । गंगबहादुर शाही, मोतिलाल बस्नेत र कर्णबहादुर खत्रीले सभापतिमा दावी गरेका थिए ।
चामुण्डाविन्द्रासैनीमा जगतबहादुर शाहीले पौडेल समूहका जोगी शाहीलाई पराजित गर्दै विजय भएका हुन् । डुंगेश्वर गाउँपालिकामा पनि देउवा पक्षका भीमबहादुर भट्ट विजयी भएका छन् । उनले गंगबहादुर खत्रीलाई परािजित गरेका हुन ।
यस्तै दुल्लु नगरपालिकामा देउवा पक्षकै लालबहादुर रावत सभापति भएका छन् । यहाँबाट जिल्ला सभापतिमा दावेदारका रुपमा हेरिएका घनश्याम भण्डारी चुनाव लडने भएका कारण यहाँ सहमतिमै नेतृत्व चयन भएको हो ।
यद्यपी आधिकारिक रुपमा घोषणा हुन भने बाँकी रहेको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए । दैलेखका वाँकी स्थानीय तहमा सर्वसम्मत नेतृत्वको पहल भइरहेको कांग्रेस दैलेख स्रोतले नेपालप्रेसलाई बतायो ।








