एमाले स्थायी कमिटी बैठक जारी



नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसिरहेको हो ।

स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटी बस्दैछ । शुक्रबार देखि शुरु भएको केन्द्रीय कमिटी बैठक कसरी समापन गर्ने भन्नेबारे बैठक चलिरहेको छ ।

आगामी १५-१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि केन्द्रीय कमिटी बैठकमा छलफल चलिरहेको छ । केन्द्रीय कमिटी बैठक आजै सकिदैछ ।

 

प्रकाशित मिति : आश्विन १०, २०७८ आइतबार  १ : ०९ बजे