परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का स्वदेश फर्किएका छन। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते अमेरिका गएका मन्त्री खड्का आज स्वदेश फर्किएका हुन् ।
डाक्टर खड्काले हिजो संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए। डाक्टर खड्काले न्युयोर्कमा रहँदा भारतीय समकक्षीसँग पनि भेटवार्ता गरेका थिए।
डाक्टर खड्कालाई जोन अफ केनडी विमानस्थलमा स्थायी नियोगका अधिकारीहरुले विदाई गरेका थिए।








