गोदावरीमा एमालेका अध्यक्ष ओली



नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली ललितपुर पुगेका छन् । बुधबार अध्यक्ष ओली महाधिवेशन स्थलको अवलोकन गर्न ललितपुर पुगेका हुन् ।

विधान महाधिवेशन १५–१७ असोजमा ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ ।

महाधिवेशनमा करिब पाँच हजार सहभागी हुनेछन् । उनीहरूलाई सम्मेलन केन्द्रभित्र र बाहिर राख्ने व्यवस्था मिलाइएको छ । सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जनामात्रै अट्नेछन् र बाँकीलाई बाहिर बस्ने व्यवस्था मिलाइएको छ ।

हल बाहिर स्क्रिन राखेर दुई साइडमा एक एक हजार राख्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिनेछन् ।

प्रकाशित मिति : आश्विन १३, २०७८ बुधबार  ३ : ०६ बजे