नेपाली कांग्रेसले काठमाडौं र मोरङमा १६ असोजमा पालिका अधिवेशन गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार काठमाडौं र मोरङमा पार्टीको १४औँ महाधिवेशनअन्तर्गत जारी पालिका तहको अधिवेशन १६ असोजमै हुने भएको हो ।
निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेका अनुसार ९ असोजमा तोकिएको पालिका अधिवेशनको कार्यतालिकाअनुसार नयाँ मिति तय भएको हो। ‘मोरङमा १६ असोजमा पालिका अधिवेशन तय भएको छ,’ त्यही दिन काठमाडौंमा पनि अधिवेशन तोकिएको छ।
उनले वडा अधिवेशन सम्पन्न भएको अधिकांश जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । ‘केही जिल्लामा मात्र एक–दुई ठाउँका कारण हुन सकेका छैनन्,’ उनले भने, ‘अधिकांश जिल्लामा निर्वाचन भइसकेको जानकारी छ।’








