अन्जु र रामकृष्णको गीत ‘माछीले चलायो पानी’मा दीलिप र गरिमाको रोमान्स



लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ भिडियो सहित सार्वजनिक भएको छ । बिशिष्ट संगीतकार आलोक श्रीको संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले कोरेका हुन् ।

गीतमा प्रेमी प्रेमीकाले एक अर्काको सम्झनामा ब्यक्त गर्ने मनका भावन समेटिएको छ । प्रेमी प्रेमीकाले एकअर्काेलाई भेट्न आतुर रहेको कथामा भिडियो निर्माण भएको छ । जसमा अभिनेता दीलिप रायमाझी र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा दीलिप र गरिमालाई प्रेमी प्रेमीको रुपमा, रोमान्टिक अवतारमा उतारिएको छ ।

प्रकाशित मिति : आश्विन १६, २०७८ शनिबार  १२ : १६ बजे