सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार बनाउने बहस पुनः सुरु



सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने गरी पुनः बहस सुरु भएको छ । यसअघिको गठबन्धनले गरेको सहमती अनुसार प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउँने गरि छलफल सुरु भएको हो । संघीय सरकारको सत्ता गठबन्धनमा रहेका दलबीच कांग्रेसले सुदूरपश्चिम र नेकपा एकीकृत समाजवादीले प्रदेश नम्बर १ तथा बागमती प्रदेश सरकारको नेतृत्व गर्ने समझदारी भएको कांग्रेस सुदूरपश्चिमका एक नेताले बताए ।

सुदूरपश्चिममा अहिले नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्टको नेतृत्वमा सरकार छ। कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता रणबहादुर रावलले वर्तमान सरकारले काम गर्न नसकेकाले नेतृत्व फेरबदल गर्नुपर्ने बताए । केन्द्रमा छलफल भइरहेको र सुदूरपश्चिम सरकारबारे गठबन्धनले गरेको निर्णय नै कार्यान्वयन हुने उनको भनाइ छ। उनले प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिने सम्भावना रहेको बताए।

रावलका अनुसार केन्द्रमा मन्त्रिपरिषद् बिस्तार भएलगत्तै सुदूरपश्चिम, बागमती र प्रदेश १ को सरकार परिवर्तन र सत्ता साझेदारीको कुरा ठोस रुपमा अगाडि बढ्ने छ।अहिले कर्णाली र लुम्बिनीमा नेकपा मोओवादी केन्द्र नेतृत्वको सरकार छ। गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार छ। प्रदेश २ मा संघीय समाजवादीको सरकार छ।

सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई दुई प्रदेशको नेतृत्व गर्ने समझदारीले केन्द्र सरकार गठनको कामले पूर्णता पाएसँगै अगाडि बढ्ने समझदारी सत्ता गठबन्धनभित्र भएको सुदूरपश्चिमका कांग्रेस नेताहरु बताउँछन् । यद्यपी प्रदेशमा एकीकृत समाजवादी भने सरकारमा कांग्रेसलाई स्विकार गर्न अझै तयार देखिदैन् । एमाले फुटेर नयाँ पार्टीका रुपमा अस्तित्वमा आएको उक्त पार्टी सुदूर पश्चिम प्रदेशमा सरकार आफ्नै नेतृत्वमा बनाउँने पक्षमा छ ।

तर मनौबैज्ञानीकरुपमा सो पार्टीका प्रदेश सांसदहरु पनी आफ्नो नेतृत्वमा सरकार बन्ने नदेख्दा माओवादी केन्द्रकै नेतृत्वमा सरकारमा बस्ने पक्षमा देखिन्छन् । उनिहरु सकेसम्म बढी मन्त्री आफ्नो पार्टीबाट बन्ने दाउमा छन् । भने माओवादीलाई सरकारको नेतृत्व गरिराख्न दवाव दिन लागेको बुझीएको छ । कांग्रेस भने सुदूरपश्चिममा गठबन्धनको निर्णय हालसम्म कार्यन्वयन नगरृको भन्दै रुष्ट छ । झन सार्वजनिकरुपमै एकीकृत समाजवादीका नेताहरुले कांग्रेसको सुदूरपश्चिममा आवश्यकता नरहेको अभिब्यक्ती दिन थालेपछी कांग्रेस रुष्ट भएर सरकारलाई मौन समर्थन गर्दै आएको भएपनि पछिल्लो समयसरकारलाई असहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : आश्विन २२, २०७८ शुक्रबार  १२ : ४३ बजे