परराष्ट्र मन्त्री खड्का र चिनियाँ समकक्षीबीच वार्ता, चिनले थप २० लाख खोप दिने



परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यीबिच टेलिफोन वार्ता भएको छ । मन्त्री खड्का र चिनियाँ विदेश मन्त्री वाङबिच मङ्गलबार वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।

चीनले थप २० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेकोमा परराष्ट्र मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ ।कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ ।

 

प्रकाशित मिति : कार्तिक २, २०७८ मंगलबार  ५ : ५२ बजे