एमालेले चाहे यो सरकार एक सातामा ढल्छ : केपी ओली



एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने ब ताएका छना । बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

ओलिले भने अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि , ढलिहाल्छ नि । बैठकको उद्घाटन गर्दै उनले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दावी समेत गरे ।

ओलीले देशको बहुमूल्य समय खेर गएको भन्दै अर्ली इलेक्सन गरे हुने बताए ।उनले भने “अर्ली इलेक्सन ठिकै छ । देशको बहुमूल्य समय खेर गएको छ,” ओलीले भने, “जुन तहको चुनाव होस् सबै तहका चुनावमा हामीलाई विजयी चाहियो ।”

प्रकाशित मिति : कार्तिक ३, २०७८ बुधबार  ४ : ११ बजे