एमसिसी पास हुन्छ,बाढीपहिरो पीडितलाई तत्काल प्याकेजमा राहत : प्रधानमन्त्री देउबा



प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरिने बताएका छन् । बाढीपहिरोबाट क्षति भएको अवस्था बुझ्न बिहिबार सुदूरपश्चिम प्रदेश आएका प्रधानमन्त्री देउवाले नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसी नेपालकै पक्षमा रहेकाले पास गरिने बताएका हुन् ।

एमसीसी अनुदानमा आधारित परियोजना रहेको र नेपालको कानून मातहत हुने भएकाले यसमा संका गर्नुपर्ने कुनै कारण नरहेको उनले बताए । एमसीसी यसमा संशोधन गर्नुपर्ने कुरै कुरा नरहेकोे र पास गरिने उनको भनाई छ । देशभर एमसीसीको बारेमा झूठा प्रचार गरिएको बताउँदै देउवाले विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुने गरेको बताए । एमसीसी अनुदान रहेको र सरकारले मागेको जवाफमा उनीहरुले नै यसमा नेपालकै कानून लागू हुने बताई सकेकाले झुटा प्रचारका पछाडी नलाग्न उनले आग्रह गरे ।

यस्तै प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताए । बेमौसमी वर्षातले सुदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको उनले बताए । बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत उपलब्ध गराउने उनको भनाई छ । सुदूरपश्चिम प्रदेश बाढीबाट बढी प्रभावीत भएको भएपनी देशैभर बर्षाले ठुलो क्षती गरेकाले प्याकेजमै सवैलाई राहात दिने प्रधानमन्त्री देउवाले बताए । प्रधानमन्त्रीले पछिल्लो वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पु¥याएकोमा अल्पकालीन र दीर्घकालीन रहत र पुनर्निर्माणको योजनाहरु ल्याउने बताए । उनले भने, ‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ । पूर्वाधारहरु क्षतविक्षत छन् । बाटो छैन, विजुली छैन ।

किसानको धानबालीमा ठूलो क्षति भएको छ । पूर्वमा पनि यस्तै क्षति भएको छ । म त्यहाँ पनि जाँदैछु । अहिले उद्धार र राहतको काम भइरहेको छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’ यस्तै नेपाली कांग्रेसको आसन्न महाधिवेशनको प्रसंगमा बोल्दै देउवाले महाधिबेशन सर्ने संकेत गरेका छन् । देउवाले निर्वाचन समितिलाई सबै जिम्मेबारी दिइसकेको बताए । निर्वाचन आयोग भनेजस्तै आफ्नो पार्टीभित्र पनि निर्वाचन समिति रहेको र त्यो स्वायत्त समिति भएकाले सो समितीले गरेको निर्णय आफुले मान्ने बताए । यस्तै बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न बिहीबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने भएका छन् ।

बिहीबार डोटी, बैतडी, बझाङ र डढेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका प्रधानमन्त्री देउवाले अहिले कैलालीमा प्रभावितलाई भेटिरहेको र त्यसप्रस्चात बर्दियाका भेट्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले बताए । निरीक्षण सकेर देउवा नेतृत्वको टोली आजै दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ। टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन्।

प्रकाशित मिति : कार्तिक ५, २०७८ शुक्रबार  १० : २१ बजे