काँग्रेस नेता गगन थापाले सरकारले अपेक्षित गति लिन नसकेको बताएका छन्।नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घले शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन्।
थापाले भने ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौं । फेरि हामीले अव अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ ।’
उनले नेपाल विश्वमा अर्थतन्त्रका हिसाबले चिनिएका दुई ठुला मुलुकको बिचमा रहेको भन्दै त्यसको फाइदा सरकारले लिन सक्नु पर्नेसमेत बताए। त्यसो नगर्ने हो भने एक पटक फेरी मौका छुट्ने थापाको भनाइ छ।








