प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक आज : १४ न्यायाधीशले बहिष्कार गर्ने



प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्।

बैठकमा सर्वोच्चका बाँकी न्यायाधीश भने सहभागी नहुने भएका छन् । आइतबार बसेको सर्वोच्चका १४ न्यायाधीशको बैठकले यस्तो निर्णय गरेको हो ।

न्यायाधीशहरूबीचके बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार गर्ने छैनन्।

जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन्।

मन्त्रिपरिषद्मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ।

 

प्रकाशित मिति : कार्तिक ८, २०७८ सोमबार  ९ : ५३ बजे