फूलकोर्ट बैठक बहिस्कार छुट्टै छलफल गरेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक सकिएको छ ।छलफलमा बसेका न्यायाधीशरुको बैठकले भोलि (मंगलबार) साढे ११ बजे प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सामुहिक रुपमा भेटेर आवश्यक परामर्श गर्ने निर्णय भएको ब ताइएको छ ।
भोलि सबै न्यायाधीशले प्रधानन्यायाधीश जबरालाई भेटेर र आफ्नो धारणा राख्ने र प्रधानन्यायाधीश जबराको जवाफ सुनेपछि फेरि सबै बसेर छलफल गर्ने र एउटा निर्णयमा पुग्ने सहमति न्यायाधीशरुबीच भएको बताइएको छ ।








