मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवराज अधिकारी नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा नियुक्त



नेपाल एयरलाइन्सको अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुशील घिमिरेले नेपाल एयरलाइन्सको अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई अध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

तेस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले बेमौसमी वर्षापछिको बाढी र ढुबानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । धान बालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सचिवको नेतृत्वमा कृषि मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव , संघीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेको कार्यदल गठन गरेको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ६ : ५५ बजे