मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुमा एमाले र अन्य पार्टिका दर्जनौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश



सोलुखुम्बुमा नेकपा एमाले लगायत अन्य पार्टिका दर्जनौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन । जिल्लाको नेचा सल्यान गाउपालिका वडा नम्बर ४ स्थित फुर्केमा आयोजित पार्टी प्रबेश कार्यक्रममा उनिहरु कांग्रेसमा प्रबेश गरेका हुन ।

पार्टिमा प्रबेश गरेका नबप्रबेशिहरुलाई नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकास सिंह कार्की लगायत जिल्ला नेताहरुले खादा र अबिर सहित पार्टिमा स्वागत गरे ।

पार्टी प्रबेश कार्यक्रममा बोल्दै नेता प्रकास सिंह कार्कीले नेपालका कम्युनिष्ट पार्टिहरु असफल भइसकेको दाबी गरे । जनताले बहुमत दिदा पनि कम्युनिष्ट पार्टिहरुले देश चलाउन नसकेको भन्दै उनले कम्युनिष्टहरुकै कारण नेपालामा चरम राजनितिक ,आर्थिक बिकृती आएको उल्लेख गरे ।

कम्युनिष्ट पार्टीहरुले देश चलाउदा भ्रष्टाचार्, महङ्गी बढेर जनजिबन असहज बनेको स्मरण गर्दै उनले कम्युनिष्टहरुकै कारण देशको संबिधान असफल हुन लागेको अवस्थामा संबिधान र राजनीतिक स्थिरताका लागी कांग्रेसको सरकार बनेको उनले बताए । पछिल्लो समय जनतामा कांग्रेसप्रती झनै आकर्षण बढेको उनले दाबी गरे ।नेता कार्किले पार्टिको १४औ महाधिबेशनसगै कांग्रेस आगामी निर्बाचन केन्दृत भएर जनताको  दैलोमा पुग्ने उल्लेख गरे ।

तेस्तै कार्यक्रममा बोल्दै कांग्रेस सोलुखुम्बुका सचिब धनजन राइले जिल्लाका स्थानिय निकायका जनप्रतीनिधिहरुले सरकारी साधन श्रोतको दुरुपयोग गरिरहेको आरोप लगाए ।उनले जनप्रतीनिधिहरुले सरकारी साधन श्रोत पार्टिका कार्यकर्ता पाल्न खर्च गरिरहेको भन्दै कांग्रेस पार्टिका बिरुद्द सरकारी साधन श्रोत  प्रयोग रहेकोले सचेत हुन सबैलाई आग्रह गरे ।

कार्यक्रमामा कांग्रेस महासमिती सदस्य शम्भुहरी बास्तोला,नेचासल्यान गाउपालिकाका सभापति नीर कुमार शर्मा उपशभापती घनश्याम बास्तोला ,पूर्व जिल्ला सदस्य जसकुमार राई,वडा नम्बर ४ का  सभापती बिष्णु बास्तोला लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १० : ३४ बजे