मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंसिरभित्र महाधिवेशन हुने गरी काम गर्न निर्बाचन समितिलाई देउवाको आग्रह : के के भयो पदाधिकारी बैठकमा ?



प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर भित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई आग्रह गरेका छन ।मंगलबार पार्टी संसदीय दलको कार्यालयमा भएको बैठकमा सभापति देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई आग्रह गरेका हुन्।

सभापति देउबाले मंसिर भित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएको पार्टीका सहमहामन्त्री डा . प्रकाशशरण महतले जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापति देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी अगाडि बढ्न आग्रह गरेको बताए।  आजको बैठकमा वरिष्ठ नेता पौडेलले महाधिवेशन मंसिर भित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाउन सभापति देउवासँग माग गरे ।

सभापति देउवाले मंसिर भित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन भने पनि निर्वाचन समितिले भने पार्टिका पदाधिकारीसँग गरेको छलफलमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताएको काँग्रेस श्रोतले जानकारी दिएको छ । पार्टीले निर्वाचन कार्यतालिकाअनुसार काम नगरेको निर्वाचन समितिको गुनासो गरेको थियो ।पार्टिकै कारण निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मंसिर ९ देखि १३ गतेको अवधिमा महाधिवेशन गर्न नसकिने अवस्था आएको बताए ।

नेपाली काँग्रेसले आगामी मंसिर ९ देखि १२ गतेसम्म १४ औं महाधिवेशन गर्ने तय गरे पनि १३ जिल्लाको वडा अधिवेशननै नसकिएकोले घोषित मितिमै महाधिबेशन हुनेमा आशङ्का बढेको छ । महाधिवेशन कार्यतालिकामा अन्योल उत्पन्न भएपछी आज नेपाली कांग्रेसका पदाधिकारी र निर्वाचन समितिको बैठक बसेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ६ : ०९ बजे