प्रतिनिधिसभामा एमालेको अबरोध कायमै, अर्को बैठक कार्तिक २९ गते



सभामुखको कदम प्रति निरन्तर आपत्ति जनाउदै आएको प्रमुख प्रतिपक्षदल नेकपा एमालले आज पनि प्रतिनिधिसभाको बैठकमा वेल घेराउ गरेको छ ।

एमालेको नाराबाजी बीच कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय दलित आयोगको प्रतिबेदन टेबुल गरे ।

यसै गरी सभामुख अग्निप्रसाद सापकोटाले १० ओटा भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको सुचना सदनलाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक कार्तिक २९ गते सोमबार का लागि बोलाईएको छ ।

प्रकाशित मिति : कार्तिक ११, २०७८ बिहिबार  २ : ५८ बजे