नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।प्रधानमन्त्री एबम काँग्रेस सभापति शेरबहादुर देउवा सात दिने बेलायत भ्रमणमा निस्किएपछि निधि कार्यवाहक सभापति बनेका हुन् ।पार्टिका मुख्य सचिब कृष्णप्रसाद पौडेलले बिज्ञप्ती जारी गर्दै उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएको जानकारी दिएका छन ।
“नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघ आवद्ध देशका नेताहरुको सम्मेलन ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुन बेलायत प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोक्नु भएको छ ।” बिज्ञप्तिमा भनिएको छ ।
देउवालाई बिदाइ गर्न उपसभापति निधि त्रिभुवन विमानस्थल पुगेका थिए । पछिल्लो समय सभापती देउबा र उपसभापतिको निधिको सम्बन्ध खासै राम्रो नरहेकोले प्रधानमन्त्री देउवा बेलायत जादा निधिलाई कार्यवाहक जिम्मेवारी नदिने ठानिएको थियो ।
०७६ मा जेठमा उपचारका लागि सिंगापुर जाँदा पनि देउवाले उपसभापति निधिलाई नै कार्यवाहक जिम्मेवारी दिएका थिए ।









