प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एसोसिएसनले आजदेखि चरणवद्ध आन्दोलन सुरु गर्दैछ ।एसोसिएसनले आज र आजदेखि १५, १६ र १७ गतेका दिन प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधि सर्वोच्च अदालतमा विरोधका कार्यक्रम गर्ने भएको हो ।
बिरोध कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार इकाइका कानुन व्यवसायी लगायत सम्पूर्ण कानुन व्यवसायीहरुलाई बारले अनुरोध गरिसकेको छ ।
बार एसोसिएसनको शुक्रवार बसेको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
मन्त्रिपरिषद्मा र संवैधानिक आयोगहरुमा प्रधानन्यायाधीश जबराले भाग खोजेको र न्यायालयमा प्रत्यक्ष राजनीतिक हस्तक्षप भएका कारण नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिनुपरेको बारको भनाई छ ।बारले प्रधानन्यायाधीश जबराको राजिनामा माग्दै आन्दोलन थालेको हो ।








