प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा विरुद्ध सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनको अगुवाईमा वकीलहरुले धर्ना दिएका छन् ।बारले घोषणा गरेको कालोपट्टीसहितको विरोध कार्यक्रमअन्तर्गत करिब एक घण्टा धर्ना दिइएको थियो । उनीहरुले प्रधान न्यायाधीश राणाले तत्काल राजीनामा दिनु पर्ने माग गरेका छन् ।
उनीहरुले “न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधान न्यायाधीश राजीनामा देऊ” भन्ने नारा लेखिएको ब्यानर सहित धर्ना दिए ।पछिल्लो समय प्रधानन्यायाधीश जबराको भूमिकामा प्रश्न उठेको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै उनको राजीनामा माग गर्दै वकिलहरू आन्दोलित भएका हुन् ।
सर्वोच्चमा गत सोमबारदेखि इजलास बस्न सकेको छैन । प्रधान न्यायाधीशविरुद्धको इजलास बहिष्कार गरेका उनीहरुले न्यायालयमा देखिएका विकृतिका विरुद्ध धर्नामा बस्नु परेको बताएका छन् । उनीहरुले हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत प्रांगणमा धर्ना दिइरहेका छन् ।
आजै बार परिसरमा प्रधानन्यायाधीशको समर्थनमा पनि केही कानुन व्यवसायीहरूले प्रदर्शन गरेका छन् अधिवक्ताहरू स्वागत नेपाल, भूमिनन्द चूडाल, आकृति रायामाझीलगायतले प्रधान न्यायाधीशले राजीनामा दिन नहुने भन्दै सेतो पट्टी बाँधेर प्रदर्शनमा भाग लिएका छन् ।








