कागजको गणतन्त्रले समाधान दिदैँनः प्रदिप ज्ञवाली



जनताले परिवर्तनको महसुस गर्न नसक्ने कागजको गणतन्त्र, लोकतन्त्र र संविधानले समाधान दिन नसक्ने नेकपा ९एमाले०का सचिव प्रदीप ज्ञवालीले बताएका छन्।

उनले वर्तमान अवस्थामा कागजले समाधान दिन नसक्ने बताएका हुन् । आज एमाले चाँगुनारायण– ८ नम्बर वडा कमिटीले सुडालमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, “अघिल्लो सरकारले जनतालाई परिवर्तनको अनुभूति दिन खोजेका थिए तर काम गर्न खोजेको सरकारलाई जबरर्जस्ती रुपमा काम गर्न दिइएन, घेरान्दीमा पारियो र सरकारबाट बाहिर फालियो, जनताले यसलाई राम्रोसँग बुझेका छन् ।” तत्कालीन केपी ओली नेतृत्वको सरकारले तीन वर्षमा विकास निर्माणदेखि राष्ट्रियता जोगाउने काम गरेको उनको भनाइ थियो ।

सचिव ज्ञवालीले एमालेप्रति जनताको विश्वास सरकार बाहिर रहदा बढ्दै गएको दाबी गरे । ज्ञवालीले भने, “यतिखेर एमाले प्रतिपक्षमा छ, गतिशिल छ भन्ने आत्माविश्वासले प्रतिपक्षमा सत्तापक्ष पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ, यो आम जनताको विश्वासले हो ।”

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, वाग्मती प्रदेश कमिटीका सदस्य नवराज गेलाल, वाग्मती प्रदेशसभा सदस्य सरस्वती वाटी, जिल्ला कमिटीका राजु सुवेदी, नगर कमिटीका अध्यक्ष राम तिमल्सिना, वडा कमिटीका अध्यक्ष राजेश खड्कालगायत उपस्थिती थिए ।

प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार  ६ : ३४ बजे