नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक



नेपाली काँग्रेसले कात्तिक २८ गते पार्टिको केन्द्रिय समिती बैठक बोलाएको छ । कात्तिक २८ गते पार्टी कार्यालय सानेपामा केन्द्रिय समिती बैठक बोलाईएको पार्टिका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बिज्ञप्तिमार्फत जानकारी दिएका छन ।

बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ ।

कार्तिक २८ को बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागी आग्रह गरिएको पनि मुख्य सचिब पौडेलको बिज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : कार्तिक २१, २०७८ आइतबार  ३ : ०९ बजे