प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएनले सोमबार (आज) पनि कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ ।
यसअघी आइतबार देशभरका ८३ वटै आफ्ना एकाइसँग जुम मिटिङ गरेको बारले सोमबार (२२ कात्तिक)देखि सर्वोच्च अदालत केन्द्रीत कालो पट्टीसहितको विरोध कार्यक्रमलाई निरन्तरता दिने भएकाले काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ ।
न्यायपालिकामा रहेको विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रणका लागि चालेका कदममा समर्थन गर्न बारले आह्वान गरेको छ। यसअघि बारले कार्तिक १४, १५, १६ र १७ गते सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रम गरिसकेको छ।








