२७ कात्तिक , काठमाडौं, नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले देशभक्ति र मूल्य मान्यताको लडाईलडिरहेको बताएका छन नेपालले यो लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्धको लडाई बताएका भएको समेत बताए । शनिबार समाजवादी प्रेस संगठन नेपालको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुहरुले सामाजिक न्यायसहितको समाजवाद चाहेको बताए ।
उनले भने, ‘हाम्रो पार्टी कम्युनिष्ट चरित्रको हुनेछ, हामी यसलाई व्यवहारमा देखाउँछौ, कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । योसँगै हामी दक्षिणपन्थ र प्रतिगमन विरुद्धको लडाई लडिरहेका छौं ।’
देशमा विभिन्न किसिमका भ्रष्टाचार, शोषण उत्पीडन र विकृति विसंगति मौलाइरहेको बताउँदै उनले पत्रकारहरुले पनि त्यसखालका विकृति विसंगितविरुद्ध कलम चलाउनुपर्नेमा जोड दिए ।








