बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च केन्द्रित आन्दोलन गर्ने



२८ कार्तिक काठमाडौं । नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च परिसरमा धर्ना दिँदै आएका छन् ।

कानुन व्यवसायीहरुले अदालती प्रक्रिया ठप्प पारेर धर्ना दिइरहँदा आइतबार भने अदालतबाहिर न्यायालय बन्द गर्न पाइँदैन भन्दै नाराबाजी भएको थियो । यसरी प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन भएपछि नेपाल बारले आन्दोलन सर्वोच्च केन्द्रित गर्ने निर्णय गरेको हो ।

भोलि ९सोमबार०देखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै केन्द्रित हुने बार महासचिव लीलामणि पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो एक मात्र माग भनेको प्रधानन्यायाधीश राणाको राजीनामा हो । न्याय किनबेच गर्ने प्रधानन्यायाधीश चाहिँदैन ।’

आफूहरु शान्तिपूर्ण आन्दोलन गरिरहँदा जबराले भिजिलान्तेहरु प्रयोग गरेर आफूहरुविद्ध उतारेको उहाँले टिप्पणी गर्नुभयो । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म बारको आन्दोलन जारी रहने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : कार्तिक २८, २०७८ आइतबार  १ : ०४ बजे