कांग्रेस गाउँपालिका सभापतिको उम्मेदवारी शुल्क कति ?



२९ कात्तिक काठमाडौं ।नेपाली कांग्रेसले उम्मेद्‍वारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।

काग्रेसले गाउँपालिका कार्यसमितिअन्तर्गत सभापतिका लागि दुई हजार शुल्क तोकेको छ। यस्तै उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्य पदका लागि पाँच सय रकम तोकिएको छ ।

कांग्रेसले नगरपालिका कार्यसमितिअन्तर्गत सभापतिका लागि चार हजार शुल्क तोकेको छ। यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ ।

नगरपालिकामा सहसचिव लड्न चाहनेहरूले भने दुई हजार तीर्नुपर्ने छ । नगरपालिका सदस्यका लागि एक हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार  ७ : ५९ बजे