४ मंसिर दैलेख। दैलेखको चारमध्ये तीन प्रदेश सभा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । दुई प्रदेश निर्वाचन क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र एक क्षेत्रमा सभापति शेरबहादुर देउवा पक्षको प्यानल विजयी भएको छ ।
दैलेख क्षेत्र नम्बर १ को क-मा बखतबहादुर सापकोटा र ख-मा भदे बुढा मगर नेतृत्त्वको प्यानल विजयी भएको त्यहाँका नेता भण्डारीले जानकारी दिए । दुईवटै प्यानल पौडेल पक्षको हो । दैलेख निर्वाचन क्षेत्र नम्बर २ को क-मा देउवापक्षीय टंक रिमालको प्यानल विजयी भएको छ ख- भने आज बिहान मत गणना गर्ने निर्वाचन समितिको तयारी छ । त्यहाँ विवाद भएको थियो ।








