सभापति देउवा र महामन्त्री कोईरालाबीच भेटवार्ता: विवादित जिल्लाको अधिवेशनबारे छलफल



 ४ मंसिर काठमाडौं । आजै पार्टीका नेता प्रकाशमान सिंहलाई भेटेका कांग्रेस महामन्त्री शशांक कोईरालाले सभापति शेरबहादुर देउवालाई पनि भेटेका छन् । सभापति शेरबहादुर देउवा र महामन्त्री कोईरालाबिच आज दिउँसो भेटवार्ता भएको हो ।
उक्त भेटमा विवादीत जिल्ला अधिवेशन लगाएत बिभिन्न राजनैतिक विषयमा छलफल भएको बताईएको छ । देउवा र कोईरालाबिचको भेटवार्तामा १४ औं महाधिवेशन अन्तर्गत विवादित बनेका रसुवा, सर्लाहीलगायत जिल्लाको अधिवेशनका विषयमा छलफल भएको थियो ।
रक्षामन्त्री मिनेन्द्र रिजाल सहित बालुवाटार गएका कोईरालाले महाधिवेशनको प्रकृया र तयारीको विषयमा सभापति देउवासंग छलफल गरेका छन् । भेटमा जनसम्पर्क समितिका विषयमा समेत छलफल भएको छ ।

प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार  ५ : ०७ बजे